सुनको भाउमा नयाँ रेकर्ड, तोलामा ६५ हजार

नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ । आइतबार छापावाल सुन तोलामा ६५ हजारमा कारोबार भएको छ। यसअघि शुक्रबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो । यस्तै तेजावी सुन ६४ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी तोलामा ७४० मा कारोबार भएको छ ।